आफूमाथि हातपात भएपछि दुर्गा प्रसाईंले भने– बर्बाद भयो

आफूमाथि हातपात भएपछि दुर्गा प्रसाईंले भने–  बर्बाद भयो

बागलुङ । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईंलाई बागलुङमा हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

प्रसाईं उपस्थित कार्यक्रममा चप्पल प्रहार गरेको आरोपमा बागलुङ नगरपालिका(७ का ३५ वर्षीय रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

बागलुङको लोकतान्त्रिक चोकमा बिहीबार आयोजित कार्यक्रममा मञ्च चढ्न लाग्दा गौतमले चप्पल प्रहार गरेको भन्दै उनीमाथि प्रसाईं समर्थकले कुटपिट समेत गरेका थिए ।

हातपात भएलगत्तै कार्यक्रमलाई सम्बोधन गरेका प्रसाईंले देश बलियो बनाउन नेपाली बलियो हुनुपर्ने बताए । हरेक नागरिक आर्थिक रुपमा बलियो नभए देश बर्बाद हुने उनको भनाइ थियो ।