के प्रेम सम्बन्धमा छिन् अञ्जली अधिकारी  ?

के प्रेम सम्बन्धमा छिन् अञ्जली अधिकारी  ?

काठमाडौँ । लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अञ्जली अधिकारी यतिबेला चर्चामा छिन् ।  सामाजिक संजालमा राखेको दुई तस्बिरका कारण उनी प्रेम सम्बन्धमा रहेको चर्चा छ ।  

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा एक युवकसँग दुई तस्बिर राखेकी छन् । तस्बिरमा दुवैजना रोमान्टिक देखिएका छन् । जुन तस्बिरलाई लिएर धेरै जनाले प्रेमी–प्रेमीका भएको अनुमान गरिरहेका छन् ।

अञ्जलीले ती युवकसँगको तस्बिर शेयर गरेको पहिलोपटक भने होइन । यसअघि पनि उनले केहीपटक ती युवकसँग तस्बिर सेयर गरिसकेकी छन्, जसले अञ्जली केही समयदेखि प्रेममा रहेको अनुमान समेत गरिएको छ । ती युवकको विषयमा भने उनले केही कुरा खुलाएकी छैनन् । 

उनी निकटका कुरा पत्याउने हो भने उनी ती युवकसँगको प्रेममा रहेकी छन् । यस विषयमा उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।