कोसीमा सभामुख छान्न आज दिउँसो ३ बजे निर्वाचन

विराटनगर । कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन निर्वाचन गर्ने निर्णय गरिएको छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सभामुख चयन प्रक्रियाबारे निर्णय गरिएको हो ।

प्रदेशसभाको आज बस्ने बैठकमा दिउँसो ३ बजे सभामुख चयन प्रक्रिया थालिने तय गरिएको छ । उपसभामुख सिर्जना दनुवारले त्यसबारे बिहान ११ बजे कार्यसूची प्रकाशन गरिने जानकारी दिइन् ।

सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरूले छलफल गरिरहेका छन् ।

कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक जारी छ । नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने सभामुख पद आफूले लिने निर्णय गरिसकेको छ कोसीमा सभामुख छान्न आज दिउँसो ३ बजे निर्वाचन
विराटनगर । कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन निर्वाचन गर्ने निर्णय गरिएको छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सभामुख चयन प्रक्रियाबारे निर्णय गरिएको हो ।  

प्रदेशसभाको आज बस्ने बैठकमा दिउँसो ३ बजे सभामुख चयन प्रक्रिया थालिने तय गरिएको छ । उपसभामुख सिर्जना दनुवारले त्यसबारे बिहान ११ बजे कार्यसूची प्रकाशन गरिने जानकारी दिइन् ।

सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरूले छलफल गरिरहेका छन् ।

कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक जारी छ । नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने सभामुख पद आफूले लिने निर्णय गरिसकेको छ । मंगलबारै बिहान बसेको राप्रपा कोसी प्रदेश संसदीय दलको बैठकबाट सांसद अमरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिएको छ ।। मंगलबारै बिहान बसेको राप्रपा कोसी प्रदेश संसदीय दलको बैठकबाट सांसद अमरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिएको छ ।