हरेक एपिसोडमा जजहरूको प्रशंसा पाएकी मेनुकाले लिरिक्स बिर्सिएपछि

हरेक एपिसोडमा जजहरूको प्रशंसा पाएकी मेनुकाले लिरिक्स बिर्सिएपछि

इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी गायिका मेनुका पौडेलले सबैको मन जितिरहेकी छिन्। सेलिब्रेटीदेखि दर्शकसममले उनको गायकीको प्रशंसा गरिरहेका छन्।

तर इण्डियन आइडलको आइतबार रातिको एपिसोडमा भने पौडेल ‘बटम चार’मा  परिन्। तर मेनुका भने आउट हुनबाट जोगिइन्। हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाले हिजोको प्रस्तुतीमा लिरिक्स बिर्सिदा भने खल्लो भयो।

उनले  ‘तेरा साया साथ होगा’ बोलको गीत गाएकी थिइन्। तर गीत गाउँदा उनले बीचमा भने लिरिक्स बिर्सिइन्। जज विशाल डडलानीले अन्तरा फेरि सुरु गर्न सल्लाह दिए । तर, जति प्रयास गर्दा पनि मेनुकाले सकिनन्। अर्की जज श्रेया घोषालले मेनुकालाई सहयोग गर्दै गाएर सुनाइन्। तर, मेनुकाले आफूले गाउन नसक्ने जानकारी दिइन्।  

त्यसपछि उनले आफ्नो मुटुको चाल (हार्ट बिट) बढेको बताइन्। उनले पानी मागेपछि पानी पिउन दिइयो। उनलाई सान्त्वना दिन सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगे। स्टेजको छेउमा लगेर चिकित्सकले रक्तचाप जाँचे। डाक्टरले प्रस्तुतिलाई निरन्तर राख्न सुझाव दिएपछि कार्यक्रम अघि बढ्यो। त्यसपछि मेनुकाले सहज हुँदै गीत पुरा गरिन्।