कृष्णप्रसाद सिटौलाले पाए राष्ट्रियसभाको टिकट

कृष्णप्रसाद सिटौलाले पाए राष्ट्रियसभाको टिकट

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको टिकट पाएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार चयन गर्न बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सिटौलालाई टिकट दिने निर्णय गरेको हो ।

उनी टिकट पाएर बैठकबाट निस्किएका छन् । अरू उमेदवारको नाम टुंगो लगाउन संसदीय बोर्डको बैठक जारी छ ।

नेकपा माओवादी केन्द्रले भने उम्मेदवार टुंग्याएको छ ।  कोशीबाट महिला कोटामा चम्पादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दलाई उम्मेवार बनाउने निर्णय भएको छ।

लुम्बिनीमा अन्यबाट झक्कुप्रसाद सुवेदीको नाम प्रस्ताव भए पनि थप परामर्शमा टुंग्याउने तयारी भइरहेको छ ।