यति धेरै धनी छिन् अभिनेत्री दीपिका पादुकोण, कति छ सम्पत्ति ?

यति धेरै धनी छिन् अभिनेत्री दीपिका पादुकोण, कति छ सम्पत्ति ?

बलिउड अभिनेत्री दीपिका पादुकोण आज आफ्नो ३८ औं जन्मदिन मनाउँदैछिन्। उनले बलिउड फिल्म क्षेत्रमा १६ वर्ष बिताइसकेकी छन्। उनले सन् २००७ मा शाहरूख खानको फिल्म ओम शान्ति ओम बाट डेब्यू गरेकी थिइन्। उनको बलिउड डेब्यू फिल्मले बक्स अफिसमा तहल्कै मच्चायो। उनी पहिलो फिल्मबाट ठूला निर्माण कम्पनीको नजरमा पर्न थालिन्। 

उनले लव आज कल, ये जवानी है दिवानी, तमाशा, रामलीला, पद्मावत, बाजीराव मस्तानी, छपाक, पठान, जवान लगायत फिल्मबाट निकै चर्चा कमाइन्। फिल्म क्षेत्रबाट उनले चर्चा मात्र कमाएकी छैनन्, सम्पत्ति पनि कमाएकी छन्। उनी विज्ञापनबाट पनि आम्दानी गर्छिन्। उनी अन्तर्राष्ट्रिय ब्रान्डमा समेत आवद्ध छिन्।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार दीपिकाको सम्पत्ति ५०० करोड भारू छ। उनले आफ्नो डेब्यू फिल्म ओम शान्ति ओमका लागि पारिश्रमिक लिएकी थिइनन्। अहिले उनी बलिउड अभिनेताको जति नै पारिश्रमिक लिन्छिन्। 

उनले पद्मावतमा अभिनेता रणवीर सिंह र शाहिद कपूरको भन्दाबढी पारिश्रमिक लिएकी थिइन्। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका लागि दीपिकाले ११ करोड भारू पारिश्रमिक लिएकी थिइन् भने रणवीरले ८ करोड र शाहिदले ६ करोड भारू लिएका थिए।