एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता, के भयो कुराकानी ?

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए । पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

उनका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । साथै राष्ट्रियसभा निर्वाचन र गठबन्धनसँगको सहकार्यका विषयमा पनि उनीहरुबिच छलफल भएको बताइन्छ ।