राष्ट्रियसभा सदस्य भागबन्डामा गठबन्धनमा विवाद, सहमति जुटाउन बालुवाटारमा बैठक

राष्ट्रियसभा सदस्य भागबन्डामा गठबन्धनमा विवाद, सहमति जुटाउन बालुवाटारमा बैठक

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । केही बेरअघिबाट सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्यका लागि कुन दलबाट कति उम्मेदवार उठाउने भन्ने बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।

साथै समसामयिक राजनीतिक घटनाक्रम बारेमा समेत छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित  कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी छन् ।

आगामी पुस २३ गते राष्ट्रियसभा सदस्य उम्मेदवारको उम्मेदवारी मनोनयनको समय तोकिएको छ । तर गठबन्धनमा सिट भागवण्डाबारे विवाद भने कायमै छ । साना दलहरुले पनि दाबी गरेपछि भागवण्डामा सकस भएको हो । 

प्रचण्ड सरकारप्रति कांग्रेस असन्तुष्ट, सरकार ढाल्न के हुदैंछ कसरत ?