रवि विवादमा मुछिएपछि रास्वपाको बैठक बस्दै, सभापति फेरिएलान् ?

रवि विवादमा मुछिएपछि रास्वपाको बैठक बस्दै, सभापति फेरिएलान् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पछिल्लो समय पार्टी सभापति रवि लामिछानेसँग जोडिएका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर अनौपचारिक छलफल भइरहे पनि औपचारिक छलफलका लागि बैठकको तयारी गरिएको हो ।

रास्वपाको पछिल्ला घटनाक्रमबारे कुरा गर्दै अर्यालले भने, ‘हामी आन्तरिक छलफलमा छौँ । आज चितवनमा सभापति ज्यूको सार्वजनिक सुनुवाइ थियो । भोलि फेरि मेरो छ । सम्भवतः हामी आइतबार सोमबारसम्म केन्द्रीय कमिटी बैठक राखेर छलफल गछौं ।’

पछिल्लो समय विभिन्न सहकारीबाट रकम उठाएर रास्वपा सभापति रवि लामिछानेले  ग्यालेक्सी टिभीमा लगानी गरेको लगायतका समाचार आइरहेका छन् । जसलाई लिएर लामिछानेले खण्डन गरे पनि यसबारेमा पार्टीका कुनै औपचारिक छलफल भएको छैन । 

चौतर्फी विवाद भएपछि रविले पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने आवाज पार्टीभित्र नै उठ्ने गरेको छ । यो विषय पनि छलफलको एजेण्डा बन्ने देखिएको छ ।