रास्वपा सांसद विराजभक्त श्रेष्ठले रवि लामिछानेलाई ठाउँ खाली गर्न भनेका हुन् ?

रास्वपा सांसद विराजभक्त श्रेष्ठले रवि लामिछानेलाई ठाउँ खाली गर्न भनेका हुन् ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी संस्थाले रकम अपचलन गरेको आरोप लाग्दै आएको छ । यघपि उनले आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै आएका छन्

उनीविरुद्ध तारन्तार समाचार आइरहँदा र उनले त्यसको प्रतिवाद गरिरहँदा रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा गरेको पोस्ट निकै चर्चामा छ।

उनले लेखेका छन्, “यदि तपाईं कसैको लागि, समाजको लागि अथवा देशको लागि सम्पत्ति बन्न सक्नुहुन्न भने घाँडो पनि नबनिदिनुहोला। यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भने पछाडि हटेर सहयोग गरिदिनुहोला।”

उनको यो प्रतिक्रिया रवि लामिछानेलाई लक्षित गरेको भन्दै प्रयोगकर्ताहरुले अनेकन प्रतिक्रिया दिइरहेका छन् । यसअघि पार्टीकी नेतृ तोसिमा कार्कीले पनि पार्टीको निर्णयविरुद्ध दिएको प्रतिक्रिया विवादमा परेको थियो । रविको कार्यशैलीलाई लिएर दोस्रो तहका नेताहरु असन्तुष्ट रहे पनि सार्वजनिक रुपमा विरोध गर्न सकिरहेका छैनन् ।