समाचार हराएको सुचना !

समाचार हराएको सुचना !
लेखक : महेशवावु तिमिल्सिना

समाचार हराएको सुचना ! 
अचेल,
अखबारहरूमा खबर कहाँ छ ?
केबल तर्क–वितर्क र विचार छ। 
टेलिभिजनमा समाचार कहाँ छ ?
खाली आरोप–प्रत्यारोप र प्रहार छ । 
अन्तरवार्ताहरूमा सन्देश कहाँ छ ? 
फगत बहिस्कार छ, बन्देज छ। 
सामाजिक संजालमा संवाद कहाँ छ ?
मात्र कोलाहल छ, वादविवाद छ ।
समग्रमा, 
हाम्रो वास्तविक पहिचान र अस्तित्व कहाँ छ ? 
अन्योलमा छ, अलमलमा छ, शून्यमा छ ।

लेखक : महेशवावु तिमिल्सिना