‘सलार’को कमाइमा उछाल, शाहरुखको डंकी निरिह, कति कमाए दुई चलचित्रले ?

‘सलार’को कमाइमा उछाल, शाहरुखको डंकी निरिह, कति कमाए दुई चलचित्रले ?

काठमाडौं । अभिनेता प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले तीन दिनमै विश्वभर ४०० करोड भारु कमाइ गरेर इतिहास रचेको छ । दुई दिनमा झण्डै ३ सय करोड भारु (२९५.७ करोड भारु) कलेक्सन गरेको यो फिल्मले आइतबार पनि उत्कृष्ट व्यापार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

शुक्रबार पहिलो दिन विश्वब्यापी १७८.७ करोड भारुको डेब्यु गरेको फिल्मले शनिबार ११७ करोड र आइतबार १०४.३ करोड भारु कमायो । भारतीय फिल्मको ट्रयाकर एजेन्सी स्याकनिल्कका अनुसार यो फिल्मले तीन दिनमा हिन्दी संस्करणमा भने ६१ करोड कमायो । तीन दिनमा भारतको कलेक्सन २०८ करोड भारु छ ।


‘सलार’ले शुक्रबार भारतमा ९०.७ करोड भारु, शनिबार ५६.३५ करोड र आइतबार ६१ करोड भारु कमायो । अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’ले चौथो दिन भारतमा ३१ करोड ५० लाख भारुको व्यापार गरेको छ । यससँगै भारतको कूल कलेक्सन १०६ करोड ४३ लाख भारु छ ।

‘डंकी’ले बिहीवार भारतमा २९.२ करोड भारु, शुक्रबार २०।१२ करोड भारु, शनिबार २५।६१ करोड भारु र आइतबार ३१.५० लाख भारु कमायो । ‘डंकी’, ‘सलार’ भन्दा एकदिनअघि रिलिज भएको थियो ।

यता बलिउड अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको डंकीले तीन दिनमा विश्वभर एक सय करोडको व्यापार गरेको छ । कमजोर ओपनिङ गरेको यस फिल्मले सुरुवाती दुई दिनमा उत्साहनजनक व्यापार गर्न सकेको थिएन ।