प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने, विशेष प्याकेजको घोषणा गर्ने तयारी

प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने, विशेष प्याकेजको घोषणा गर्ने तयारी

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने  भएका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लागेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

सम्बोधनको क्रममा विशेष राहत प्याकेजको पनि घोषणा गर्ने प्रधानमन्त्रीको तयारी छ ।