प्रभासको अघि केही लागेन शाहरुखको, सलार र डंकीले कति कमाए ?

प्रभासको अघि केही लागेन शाहरुखको, सलार र डंकीले कति कमाए ?

साउथ चलचित्र ‘सलार’को अगाडि बलिउड चलचित्रको ‘डंकी’ले घुँडा टेकेको छ । बिहीबारबाट बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘डंकी’ प्रदर्शनमा उत्रिएको थियो । राजकुमार हिरानीजस्ता सफल निर्देशकको  फिल्मको ओपनिङ केबल ३० करोड रह्यो । दोस्रो दिन त झन् फिल्मको व्यापार नाजुक देखिएको छ । बिहीबारबाट प्रदर्शनमा आएको प्रभास अभिनीत ‘सलार’को आँधीमा ‘डंकी’ पिसिएको छ ।

‘सलार’ले पाँचवटा भाषामा गरी भारतभर ९५ करोडको जबर्जस्त ओपनिङ गर्दा ‘डंकी’ भने दोस्रो दिन २० करोडमा खुम्चिन पुगेको छ । एकातिर कमजोर रिभ्यू र अर्कोतिर ‘सलार’ले बक्स अफिसमा आँधी ल्याउँदा अब ‘डंकी’लाई सय करोड पनि टाढा देखिन्छ । जबकि, यसअघि शाहरुखको दुईवटा एक्सन फिल्म ‘पठान’ र ‘जवान’ले यस वर्ष घरेलू बक्स अफिसमा ठूलो रेकर्ड बनाएका थिए ।

 ‘सलार’ निर्देशक प्रशान्त निलको ब्लकबस्टर फिल्म ‘केजीएफ’ सन् २०१८ मा शाहरुख खानको ‘जीरो’सँग भिडेको थियो । त्यसबेला प्रशान्तको फिल्मले सानदार बाजी मार्‍यो । पाँच वर्षपछि फेरि प्रशान्त र शाहरुखको फिल्म भिडेको हो । यसपटक पनि प्रशान्तकै पल्लाभारी हुने देखिन्छ ।