काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानेले घरघरमा भोट माग्न आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्न आग्रह गरेका छन् । पोखरामा जिरोकिलोमा बनेको पार्टीको घण्टीघर उद्घाटन गर्दै सभापति लामीछानेले भोट माग्न आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्न आग्रह गरेका हुन् । ‘हामी कन्ट्याक्ट् गरेर जान सक्छौ । हामी लक्ष्य यहाँसम्म पु¥याउछौ भनेर कन्ट्याक्ट् गरेर जान तयार छौं । मैले गत चुनावमा पनि भनेको थिए । मेरो आवाज त्यति पुग्न पाएन । अब ४ वर्ष सिग्गै बाकी छ । अहिले पनि भन्छु,’उनले भने,‘घरघरमा भोट माग्न हाम्रो मान्छे आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्नुस् । भनेको कुरा पूरा गर्नु भएन भने के गर्नुहुन्छ भनेर सर्त राख्नुस् । ल्याप्चे लगाउनुस् ।’
सक्षम र अब्बलको खोजीमा हिँडिरहेको सभापति लामीछानेले सुनाए । ‘एकपटक हामीलाई विश्वास गर्नुस् । त्यो विश्वासको आधार हामीले संसदमा देखाएका छौं । कस्ता सांसद लिएर जान्छौं । अलिकति ट्रेलर हामीले देखाइसकेका छौं । यस्तै र अब्बल साथीहरु छन् । नदेखेका साथीहरु खोज्दै हिडेका छौं,’उनले भने