प्रदर्शनको पहिलो दिन कति कमायो शाहरुखको डंकीले ?

प्रदर्शनको पहिलो दिन कति कमायो शाहरुखको डंकीले ?

काठमाडौं । शाहरुख खानको मुख्य अभिनय रहेको फिल्म डंकी उत्साहजनक व्यापार गर्नबाट चुकेको छ । यस वर्षको प्रदर्शनमा आएको उनको बहुप्रतिक्षीत फिल्मले पहिलो दिन घरेलु बजारमा बढीमा ३२ करोड भारुको व्यापार गरेको छ । जुन रकम यसै वर्ष प्रदर्शनमा आएको उनको फिल्म पठान र जवानको भन्दा कम हो । 

इमोसनल सोसल ड्रामा बनेको यस फिल्मका लागि पहिलो दिन १५ करोड टिकट बुकिङ भएको थियो । ट्रेड रिपोर्टसका अनुसार पहिलो दिन भारत भरी सबै भाषामा बढीमा ३२ करोडको व्यापार भएको छ । विदेशमा २२ करोडसहित पहिलो दिन ५४ करोडको व्यापार भएको हो ।


बिहीबार प्रदर्शनमा आएका कारण पनि यस फिल्मले व्यापारमा केही धक्का लागेको हुनसक्ने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।यस वर्ष बक्स अफिसमा शाहरुखले सुपरहिट फिल्मले ह्याट्रिक हान्नेमा समर्थकहरू आशावादी थिए ।

थ्री इडिएट, मुन्ना भाइ एमबीबीएस, सन्जु जस्ता फिल्म निर्देशन गरेर आलोचकबाट पनि प्रशंसा पाएका राजकुमार हिरानी र शाहरुखको सहकार्य विशेष बन्नेमा दर्शक आशावादी थिए ।