प्रधानमन्त्रीले गरे इनरुवा सवस्टेशनको (तस्बिरहरु)

प्रधानमन्त्रीले गरे इनरुवा सवस्टेशनको (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्रनेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको उद्घाटन गरेका छन् । शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् । 

सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पुर्ण रुपमा उज्यालो हुने बताए । ‘अहिले ९८ प्रतिशत जनतामा विद्युत पुगेको छ । आउँदो डेढ बर्षमा शतप्रतिशत जनताले विद्युत पुरयाउने सरकारले लक्ष्य लिएका छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले सरकारले ठुला क्षमताका प्रशारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए । ‘यसबाट सम्मृद्धिको यात्रामा देशले एउटा खुड्किलो पार गरेको छ’, प्रधानमन्त्रीको भनाइ छ ।