माओवादी बैठकमा हरिबोलको राजीनामाबारे छलफल

माओवादी बैठकमा हरिबोलको राजीनामाबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टीको रूपान्तरण अभियानका विषयमा प्रदेश इन्चार्जहरूले बिफ्रिङ गरेका छन् । मंगलबार बसेको पदाधिकारी बैठकमा प्रदेश इन्चार्जहरूले ब्रिफिङ गरेको उपाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिए । 

त्यस्तै, बैठकमा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले समसामयिक विषयमा धारणा राखेका थिए । धारणा राख्ने क्रममा उनले प्रमुख राजनीतिक सल्लाहकार पदबाट गजुरेलले दिएको राजीनामाबारे जानकारी गराएका थिए । 

“उहाँले मैले राजीनामा गरेको कुरा बैठकलाई जानकारी गराउनुभयो,” गजुरेलले भने,“मैले भोलिको बैठकमा धारणा राख्ने छु ।” गजुरेलले मंसिर २० गते दिएको राजीनामा अझै स्वीकृत भएको छैन । बैठक भोलि दिउँसो ३ बजे बस्ने गरी सकिएको छ ।