लिङ्देनलाई आन्दोलनको कमाण्डर तोक्ने राप्रपाको तयारी

लिङ्देनलाई आन्दोलनको कमाण्डर तोक्ने राप्रपाको तयारी

काठमाडौं । राप्रपाले आगामी फागुनदेखि गर्ने भनिएको आन्दोलनको कमाण्डर अध्यक्षलाई तोक्ने भएको छ ।

राप्रपाको केन्द्रीय समिति बैठक तीन दिनदेखि जारी छ । बैठकले निर्णय गर्नुअघि पदाधिकारीहरुबीच छलफल भएको थियो । एक पदाधिकारीका अनुसार आगामी फागुनदेखि काठमाडौं केन्द्रीय आन्दोलन गर्ने र त्यसको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले नै गर्नु उपुयक्त हुनेमा नेताहरुले जोड दिएका छन् ।

यसअघि कार्यसम्पादन समितिले महामन्त्री धवलशम्शेर राणालाई आन्दोलनको संयोजक तोकेको थियो । ‘आन्दोलनलाई उचाई दिन पार्टी अध्यक्षले नै नेतृत्व गर्नु उपयुक्त हुन्छ भन्ने मत आएको छ,’ ती पदाधिकारी भन्छन्, ‘केन्द्रीय समिति बैठक बसिरहेको छ, यसबारे आजै निर्णय हुन्छ ।’