शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डको रिपोर्ट कार्ड मागेपछि गठबन्धनमा भूकम्प

शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डको रिपोर्ट कार्ड मागेपछि गठबन्धनमा भूकम्प

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रिपोर्ट कार्डको माग गरेका छन् ।

नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए ।

‘म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’, नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा कोइरालाले भने, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’

संसदीय व्यवस्थामा मन्त्रीले गरेको जस अपजसको भागिदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए । कोइराला पछिल्लो समय प्रचण्ड सरकारप्रति आक्रामक भएपछि यसको असर गठबन्धनमा र्ने देखिएको छ ।