अस्ताए ‘तुझसे नाराज नहीँ जिन्दगी’ गीतका गायक अनुप घोषाल

अस्ताए ‘तुझसे नाराज नहीँ जिन्दगी’ गीतका गायक अनुप घोषाल

काठमाडौं । भारतीय गायक अनुप घोषालको निधन भएको छ । ७७ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार केही समयदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । 

उनी फिल्म ‘मासुम’ को गीत ‘तुझसे नाराज नहीँ जिन्दगी’ का गायक भनेर परिचित छन्। उनले थुप्रै गीतमा आवाज दिएका छन् ।  उनी गायनसँगै राजनीति क्षेत्रमा पनि आवद्ध थिए। सन् २०११ मा उनले कांग्रेसको तर्फबाट पश्चिम बंगालमा चुनाव जितेका थिए ।