काठमाडौँ उपत्यकाका फोहार व्यवस्थामा सरकारले गम्भीर पहल गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ उपत्यकाका फोहार व्यवस्थामा सरकारले गम्भीर पहल गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि तीनै तहको सकारबिच सहकार्य आवश्यक भएको बताए ।

‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ । यसका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य हुन आवश्यक छ’, उनले भने । विकास निर्माण, भौतिक पूर्वाधार विकास, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक सम्पदाको

संरक्षणमा स्थानीय तहले खेलेको भूमिका सराहनीय भएको उनले बताए । सरकारले ल्याएको स्वास्थ्य बिमा महानगरपालिकाले सुरुवात गरेकोमा पनि उनले खुसी व्यक्त गरे ।