प्रधानमन्त्री प्रचण्डले यसरी गरे मेयर बालेनको प्रशंसा

संघीय सरकारलाई समेत उत्प्रेरणा दिने गरेर बालेनले काम गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यसरी गरे मेयर बालेनको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाले गरेको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त गरेको बताएका छन् । शुक्रबार महानगरको २९ औँ महानगर दिवस कार्यक्रममा उनले महानगर प्रमुख बालेन शाहको कामको प्रशंसा गर्दै यस्तो बताएका हुन् । 

उनले पछिल्लो समय महानगरपालिकाले उदाहरणीय काम गर्दै आएको बताए। उनले भने,‘पछिल्लो समय महानगरले गरेका प्रशंसनीय काम गम्भीर रुपमा नियलिरहेको छु, शिक्षाको विकास, संरचना निर्माण,कला, संस्कृतिको काम, सुर्तीजन्य पदार्थको नियमन,छात्रवृत्तिको पहल गरेको छ,यसबाट संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरण प्राप्त भएको छ,बालेन्द्रलाई बधाई छ,शुभकामना पनि छ ।’ 
उनले काठमाडौं महानगरजस्तै अन्य स्थानीय तहहरूले पनि काम गर्न निर्देशन दिए । ‘यसका लागि म साथ सहयोग गर्न,निर्णय गर्नेमा सधैं सहयोग गर्न तत्पर छु,’उनले भने।

महानगरपालिकाले यतिखेर टुँडिखेलको सैनिक मञ्चमा भव्य रुपमा २९ औँ महानगर दिवस मनाइरहेको छ ।