मेनुकाले गाइन् बलिउड सिनेमा ‘सलार’को गीत, अभिनयको लागि पनि अफर

मेनुकाले गाइन् बलिउड सिनेमा ‘सलार’को गीत, अभिनयको लागि पनि अफर

काठमाडौं । ‘इन्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिउड सिनेमा ‘सलार’को एक गीत स्वर दिएकी छिन् । इन्डियन आइडलको पछिल्लो श्रृंखलामा मेनुकाले ‘सलार’का लागि गीत गाउने अफर आउको थियो

‘सालार’ सिनेमाका लागि गीत गाउने मौका पाउनु आफ्ना लागि जिन्दगीकै टर्निङ पोइन्ट भएको उनले बताएकी छन् । उनको यो पहिलो प्लेब्याक सिङगिङ हो । 

मेनुकालाई सोही स्टेजमा चलचित्रमा अभिनयका लागि पनि प्रस्ताव आइसकेको छ । यसअघी अभिनेता रणवीर कपुरले मेनुकालाई संगीतकी देवी भन्दै पाउ छोएर आर्शीवाद लिएका थिए ।