रिहाईका लागि प्रधानमन्त्री समक्ष विपिनका बुबाआमाले जोडे हात

रिहाईका लागि प्रधानमन्त्री समक्ष विपिनका बुबाआमाले जोडे हात

काठमाडौं । हजरायल हमास युद्धमा विद्रोही हमास समूहद्वारा बन्दी बनाईएका विपिन जोशीका बुबाआमा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।  विपिनका बुबाआमालाई कैलीको धनगढी विमानस्थलमा प्रधानमन्त्रीले भेटेका हुन् । 

हमासले बन्धक बनाइएका भनिएका नेपाली नागरिक विपिन जोशी भने हालसम्म अज्ञात छन् । हमासले बन्धक बनाएकाहरुको आइतबारसम्म गरी तेस्रो पटकमा रिहाई गर्दा पनि विपिनको अवस्थाबारे भने हालसम्म कुनै पनि कुरा बाहिर आउन सकेको छैन । गाजास्थित अलशिफा अस्पतालमा रहेको एउटा भिडियोमा नेपाली पनि रहेको सूचना सार्वजनिक भएको थियो । त्यसमा देखिएका व्यक्ति नेपाली नागरिक नै भएको इजरेली सेनाले दाबी गरेको थियो ।

परराष्ट्र मन्त्रालयले विपिनको रिहाईबारे अहिलेसम्म कुनै कुरा पनि बाहिर नआएको बताउँछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ । आज बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने निर्णय गरेको हो ।