प्रधानमन्त्री प्रचण्ड धनगढीमा

प्रधानमन्त्री प्रचण्ड धनगढीमा

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन् ।

उनी विमानस्थलबाटै धनगढी उपमहानगरपालिका– १६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जानेछन् । त्यसपछि महोत्सव उद्घाटनको कार्यक्रम छ ।