‘पूजार सार्की’मा जोडिए आर्यन सिग्देल र प्रदीप खड्का

‘पूजार सार्की’मा जोडिए आर्यन सिग्देल र प्रदीप खड्का

काठमाडौं । दिनेश राउतको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘पूजार सार्की’को शीर्ष भूमिकामा आर्यन सिग्देल र प्रदीप खड्का अनुबन्धित भएका छन् । राउतले सामाजिक संजालबाट यी दुई अभिनेतालाई अनुबन्धित गरिएको जनाएका छन् ।

राउतले आर्यनसँग पछिल्लोपटक ‘क्लासिक’ र प्रदीपसँग ‘प्रकाश’मा काम गरेका थिए । ‘धेरै समयअघि देखि यी दुई कलाकारसँगै एकै चलचित्रमा काम गर्दै भन्ने विषयमा दुबै कलाकारलाई दुई मुख्य पात्रको भूमिकामा रहने जानकारी दिन चाहन्छु’ राउतले लेखेका छन् ।

जातिय विभेदविरुद्ध सन्देश दिने यो फिल्मको छायांकन पोखराको कास्कीकोटमा गर्ने तयारी छ । यो फिल्मको पटकथा ‘प्रकाश’ फेम्ड विकास सुवेदीले लेखेका छन् ।

लेखक सुवेदीले यो फिल्मको कथावस्तु कम्युनिष्ट आन्दोलनमा भूमिगत भएका वास्तविक चरित्रबाट प्रेरित हुने बताए । आफूले देखेको र भोगेको अनुभवलाई मिसाएर फिल्म बनाउन लागेको उनको भनाई छ ।