प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने

काठमाडौँ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । 

आज साँझ ६ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । यसअघि प्रचण्डले शनिबार कोप सम्मेलनलाई सम्बोधन गरेका थिए । 

सो क्रममा उनले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका थिए ।