सामाजिक अभियन्ता गंगाबहादुर नेमकुलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह दुवैले अपरिपक्व राजनीति गरेको आरोप लगाएका छन् । सुरुवाती चरणमा युवा पुस्ताले दुवै नेतालाई साथ दिए पनि पछिल्लो समयमा चर्चाको पछि दौडिएकोले उनीहरूले युवा पुस्ताको साथ पाउन छोडेको नेमकुलले बताए ।
दुवै नेतालाई हावा नेताको संग्या दिँदै नेमकुलले हिकमत भए आगामी निर्वाचनमा रविको क्षेत्रबाट निर्वाचन जितेर देखाउन बालेन शाहलाई चुनौती दिए । त्यसै गरी रवि लामिछानेलाई पनि उनले काठमाडौँबाट चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।
नयाँ दलहरू मिसन ८४ को नाममा चुनावदेखि चुनावसम्म केन्द्रित भएको र जनताको मुद्दाबाट टाढा भागेको उनको आरोप छ ।