धमाकेदार ओपनिङ गरेको एनिमललाई झट्का, फुल एचडी भिडियो लिक

धमाकेदार ओपनिङ गरेको एनिमललाई झट्का, फुल एचडी भिडियो लिक

मुम्बई । रणवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘एनिमल’ शुक्रबार डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएको छ । फिल्मले रिलिजको पहिलो दिन बम्पर कलेक्सन गरेको छ । तर यो खुसीको बिचमा निर्मातालाई ठुलो झट्का लागेको छ । 

मिडिया रिपोर्टका अनुसार फिल्म ‘एनिमल’ रिलिज भएको २४ घण्टाभन्दा कम समयमै अनलाइन लिक भएको छ । यस्तो अवस्थामा यसको आम्दानीमा असर पर्ने सम्भावना छ ।

ईटाइम्सको रिपोर्टका अनुसार ‘एनिमल’ रिलिज भएको केही घण्टामै फुल एचडी प्रिन्टमा अनलाइन लिक भएको छ । यो चलचित्र टोरेन्ट वेबसाइटहरूमा निशुल्क डाउनलोड गर्न उपलब्ध छ। फिल्मलाई नियमित फर्वार्डजस्तै व्हाट्सएपमा पनि सेयर गरिएको मनोरञ्जन पोर्टलको दाबी छ । 

सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ‘एनिमल’ मा रणवीर र रश्मिका मन्दानाले मुख्य भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा दुवैले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । फिल्ममा बबी देओल, अनिल कपूर र तृप्ति डिमरी लगायतका कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।