दुर्गा प्रसाईंको आन्दोलन : गौशालामा झडप, अश्रुग्याँस प्रहार, आचार्य श्रीनिवास सहित १० पक्राउ

दुर्गा प्रसाईंको आन्दोलन : गौशालामा झडप, अश्रुग्याँस प्रहार, आचार्य श्रीनिवास सहित १० पक्राउ

काठमाडौँ । गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दियो । 

प्र्रहरीले प्रदर्शनस्थलबाट धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । श्रीनिवास सहित १० जनालाई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले जानकारी दिए । 

श्रीनिवास त्रिशुल लिएर सड्कमा निस्केको र अराज अभिव्यक्ति दिएको आरोप छ । गौशालामा ४ सेल अश्रुग्याँस प्रहार गरिएको छ ।