दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना राजावादी पक्राउ

दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना राजावादी पक्राउ

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । 

सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।