दुर्गा प्रसाईंको आन्दोलनलाई के भन्छन् राजेन्द्र लिङ्देन ?

दुर्गा प्रसाईंको आन्दोलनलाई के भन्छन् राजेन्द्र लिङ्देन ?

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेताहरुबाट दुर्गा प्रसाईंले बिहीबार गरेको आन्दोलनको विषयमा फरक फरक मत आएको छ । केही नेताहरु आन्दोलनमा सहभागी भए पनि अधिकांश नेता भने मौन रहेका छन् । 

अध्यक्ष राजेन्द्र लिङ्देनले पनि प्रसाईंको आन्दोलनप्रति आफ्नो कुनै प्रतिक्रिया नभएको जनाए ।  राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि प्रसाईँको कार्यक्रममा सहभागी भएका थिए । 

‘हाम्रा साथीहरु सहभागी भए होला । तर, संस्थागत हाम्रो कुनै निर्णय भएको छैन’, लिङ्देनले भने, ‘आन्दोलनको विषयमा मेरो कुनै प्रतिक्रिया छैन । हामीले यसलाई एकदमै होसियारीपूर्वक हेरिरहेका छौँ ।’