हस्त तामाङको ‘परदेश’ सार्वजनिक (गीतसहित)

हस्त तामाङको ‘परदेश’ सार्वजनिक (गीतसहित)

काठमाडौँ । गायक हस्त तामाङको नयाँ आधुनिक गीत परदेश सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र हस्त तामाङको स्वर रहेको गीतले पदेसिन बाध्य युवाहरूको पीडा बोल्छ । गीतमा विवाहपछि परदेसिन बाध्य एक युवाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । 

हस्त तामाङको आफ्नै शब्द र सङ्गीत रहेको गीतको छायाङ्कन लाक्पा तामाङ र विरेन तितुङले गरेका छन् । गीतमा विजय दोङ र रश्मीला तामाङको अभिनय रहेको छ । 

अनिल कुमार महर्जनले सम्पादन गरेको भिडियो एचजी मोशन पिक्चर्स नामक च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई विरेन तितुङले निर्देशन गरेका हुन् ।

गीत हेर्नका लागि यो लिंक थिच्नुहोस्: https://youtu.be/rJidkmWD4uQ?si=rIheUNJwv6Y4AmHJ