जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई सरकारले २ लाख राहत दिने

जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई सरकारले २ लाख राहत दिने

काठमाडौं । मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।


उनका अनुसार बैठकले बाँकेको नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य विन्दु बनाएर उद्धार, राहत र पुनर्स्थापनाको निर्णयसमेत गरेको छ ।