भूकम्पपीडितको राहतबारे छलफल गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

भूकम्पपीडितको राहतबारे छलफल गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ । 

भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।