राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छ : उप्रधानमन्त्री खड्का

राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छ : उप्रधानमन्त्री खड्का

सुर्खेत । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केन्द्रित रहेको बताएका छन् । 

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले प्रधानमन्त्री जाजरकोट पुगिसकेको र आफू सुर्खेत विमानस्थलमा खटिएको बताए । खड्का शुक्रबार नै सुर्खेत आएका थिए ।
खड्काका अनुसार अहिले नेपाली सेनासँग भएका चार वटा हेलिकोप्टरहरू घाइतेको उद्धारका लागि खटाइएको छ ।  सेनाको जनशक्ति प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको पनि उनले बताए । 

यस्तै सुर्खेतमा रहेको सानो हेलिकप्टरबाट घाइतेहरूलाई उद्धार गर्ने कार्य भइरहेको छ ।  साथै उनले राहतको काम पनि तत्कालै सुरु गर्ने गरी कामहरू अघि बढ्ने बताए ।