दसैँमा प्रधानमन्त्रीको सन्देश : हामीलाई पछाडि फर्कने छुट छैन

दसैँमा प्रधानमन्त्रीको सन्देश : हामीलाई पछाडि फर्कने छुट छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँको अवसरमा शुभकामना दिँदै आफूहरूलाई पछाडि फर्कने वा यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन् ।

शनिबार बिहान एक भिडिओ सन्देशमार्फत् शुभकामना व्यक्त गर्दै उनले मुलुक अहिले अवसर र चुनौतीको कठिन परिस्थितिबाट गुज्रिरहेको बताएका छन् ।

‘लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती मुलुकका सामु रहेको छ’, प्रचण्डले भनेका छन् ।