नेपाली कांग्रेस चितवन वैदेशिक समन्वय समितिले गैरआवासिय नेपालीसँग अन्तरक्रिया गर्ने

नेपाली कांग्रेस चितवन वैदेशिक समन्वय समितिले गैरआवासिय नेपालीसँग अन्तरक्रिया गर्ने

काठमाडौं ।  नेपाली कांग्रेस चितवनको आयोजना तथा नेपाली काँग्रेस चितवन काठमाडौं सम्पर्क समितिको व्यवस्थापनमा गैरआवासिय नेपालीहरुसँग अन्तरक्रिया हुने भएको छ । गैरआवासिय नेपालीहरुको सम्मेलन, नेपालीहरुको बिभिन्न महत्वपूर्ण चाडपर्वको अवसरमा चितवनबाट काठमाडौं बसोबास गर्ने, चितवनबाट विश्वको विभिन्न मुलुकहरुमा बसोबास गर्ने चितवनका कांग्रेस निकटहरुबीच भेटघाट तथा शुभकामना आदानप्रदान गरि सम्बन्ध बढाउनुका साथै पार्टीलाई बलियो बनाउने मूल उद्देश्यका साथ चियापान कार्यक्रम आयोजना गरिएको सम्पर्क समितिका सभापति ऋषिश्वर थपलियाले जानकारी दिए । 

चितवनबाट विभिन्न मुलुकमा विभिन्न क्षेत्रमा काम गरिरहेका अनुभवीहरुलाई पार्टीमा जोड्न र पार्टीको बृहत हितका लागि कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा काठमाडौंको कालीमाटी बैंक्वेटमा अन्तरक्रिया एवं चियापान कार्यक्रम आयोजना हुने समितिले जनाएको छ ।