काठमाडौं । नेकपा (एमाले) मधेश प्रदेशको अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदैछ ।
नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए ।
अधिवेशनले २१० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।