बझाङका भूकम्प पीडितको पुनःस्थापना र राहतका लागि सिंहदरबारमा छलफल

बझाङका भूकम्प पीडितको पुनःस्थापना र राहतका लागि सिंहदरबारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । 

प्रधानमन्त्रीको अध्यक्षतामा बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बार्हौ बैठक सिंहदरबारमा बसेको हो । 

यसअघि बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।