काठमाडौं । अभियन्ता ईशान अधिकारी उर्फ ईः ले काठमाडौं महानगरपालिकासँग ४ बुँदे सहमति गर्दै आफ्नो विरोध अभियान बिसाएका छन् । उनी ९ दिनदेखि महानगरप्रमुखको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका थिए ।
काठमाडौंको फुटपाथमा सडक व्यापार गर्नेहरूको उचित व्यवस्थापन नगरेको भन्दै ईः महानगरप्रमुख बालेन्द्र साहको विरोधमा खडा भएका थिए । तर, हिजो भएको सहमतिमा फुटपाथ व्यापारबारे कुनै ठोस प्रतिबद्धता छैन । सहमतिका चार बुँदामध्ये पहिलो र दोस्रो बुँदा स्पष्ट अनि ठोस छन् । पहिलो बुँदामा ईःले गरिरहेको आन्दोलन स्थगित गर्ने भनिएको छ ।
दोस्रोमा फुटपाथबाट महानगरले जफत गरेर स्टोरमा थन्क्याएका सामानहरू सम्बन्धित व्यक्तिलाई फिर्ता दिने उल्लेख छ ।