भदौ महिनामा दुई दर्जन फिल्म रिलिज हुदाँ ‘नाङ्गो गाउँ’ को राम्रो व्यवसाय

भदौ महिनामा दुई दर्जन फिल्म रिलिज हुदाँ ‘नाङ्गो गाउँ’ को राम्रो व्यवसाय

काठमाडौं । नेपाली चलचित्रको व्यवसाय अझै सुध्रिन सकेको छैन । करिब दर्जन फिल्म रिलिज हुँदा एकाधले मात्र लगानी उठाउन सकेको अवस्था छ । गत भदौको कुरा गर्ने हो भने ‘हिँड्दा हिँड्दै’, ‘जुलेबी’, ‘जय हो’, ‘महानगर’, ‘गणपति’, ‘ऐँच पैँचो’, ‘एक भगवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ गरेर ८ फिल्म प्रदर्शनमा आए । 

तर, भदौको अन्तिम साता रिलिज भएको दुई फिल्ममध्ये ‘नाङ्गो गाउँ’ले राम्रो व्यवसाय गरिरहेको छ भने ‘एक भगवत् र एक गीता’को पनि व्यवसाय राम्रो रहेको दाबी निर्माण पक्षको छ ।  उता, ‘नाङ्गो गाउँ’ हिट भएको भन्दै निर्माण युनिटले सिक्वेलसमेत घोषणा गरिसकेको छ ।

‘नाङ्गो गाउँ’ र ‘एक भगवत् र एक गीता’बाहेक रिलिजबाट उत्रिएको फिल्महरूमा केहीको व्यवसाय मध्यम र केहीको शून्य जस्तै रहेको फिल्म वितरक करण श्रेष्ठले बताए ।