अघोरी बाबा पत्नीसहित पक्राउ

अघोरी बाबा पत्नीसहित पक्राउ

काठमाडौं : ठगीको आरोप लागेपछि अघोरी बाबाका रुपमा परिचित विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनीसँग हालै बिहे गरेकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।

महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले सोमबार दिउँसो उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । पाण्डेमाथि विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ ।