एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय आलोकनगरमा साढे १० बजे बस्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा असोज १४ देखि देखि सुरु हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने खतिवडाको भनाइ छ । यसका साथै अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनबारे समेत छलफल हुने नेताहरूले बताएका छन् । 

अध्यक्ष नेपालले जारी गरेको अपानी र त्यसमार्फत गरिएको नियुक्ति र कार्यविभाजनप्रति सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले चर्को असन्तुष्टि जनाएका छन् । यसबारे खनालले आजको बैठकमा कुरा उठाउने भएका छन् ।