संविधान दिवस : झण्डासँग रमाउँदै एमाले नेता कार्यकर्ता

संविधान दिवस : झण्डासँग रमाउँदै एमाले नेता कार्यकर्ता

काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । 

काठमाडौँको नक्सालस्थित नारायणचौरमा एमालेले विशेष कार्यक्रम गरेर राष्ट्रिय झन्डा फहराउनुका साथै सेल्फी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायताका नेता कार्यकर्ताहरूले सेल्फी खिचाएका छन् । 

कार्यक्रममा राष्ट्रिय झन्डाको अलावा लोकतन्त्र, गणतन्त्र र संविधान लेखिएका वोर्डहरु समेत राखिएको छ ।