नयाँ घरमा सर्दै महानायक राजेश हमाल

नयाँ घरमा सर्दै महानायक राजेश हमाल

काठमाडौं । राजेश हमाल पहिलोपटक काठमाडौं आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे । जहाँ राजेशले दशकौं बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो ।

अहिले भने हमालको कपुरधाराको उक्त घर भत्काइएको छ । त्यो घर भत्काएर हमाल बुढानीलकण्ठको नयाँ घरमा सर्दैछन् । अहिले बुढानीलकण्ठको सिद्धार्थ कोलोनीमा हमालको नयाँ घर निर्माण भइरहेको छ । एक रोपनी क्षेत्रफलमा हमालको नयाँ बंगलाको निर्माण कार्य धमाधम चलिरहेको छ । कपुरधाराको घर भत्काइएको र बुढानीलकण्ठमा नयाँ घर बनिरहेकाले हमाल दम्पती कोलोनी नजिकैको एक घरलाई भाडामा लिएर बसिरहेका छन् । चार महिनादेखि हमाल दम्पती भाडाको घरमा बसिरहेका छन् । हमाल दम्पती अबको दाम्पत्य जीवन नयाँ ढंगमा अगाडि बढाउने सोचमा रहेको जनाइएको छ ।