चलचित्र ‘डिग्री माइला’ मा नायिका आँचल शर्मा अनुबन्धित

चलचित्र ‘डिग्री माइला’ मा नायिका आँचल शर्मा अनुबन्धित

काठमाडौँ । रामबाबु गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । निर्देशक गुरुङले फिल्ममा आँचललाई दयाहाङ राईको जोडीको रुपमा लिन लागेको बताए ।

फिल्ममा आँचल भित्रिएसँगै कलाकार छनौट सकिएको छ । फिल्ममा दयाहाङ र आँचलको अलवा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरेको अभिनय रहनेछ ।

फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित रहेर निर्माण हुन लागेको हो । शैक्षिक बेरोजगारलाई व्यङ्ग्य फिल्मले गर्छ । फिल्मको छायाङ्कन दुई चरणमा हुने भएको छ । पहिलो चरणको छायाङ्कन असोज १ गतेदेखि दोस्रो चरणको छायाङ्कन मङ्सिर १ गतेदेखि सुरु हुने बताइन्छ । फिल्मलाई २०८१ सालको वैशाख १ गते रिलिज गर्ने बाँसुरी फिल्मस्ले जनाएको छ । ‘डिग्री माइला’पछि निर्देशक रामबाबु ‘कबड्डी ५’को निर्देशनमा जुट्नेछन् ।