नेपालले भुटानविरुद्ध बलिङ गर्दै

नेपालले भुटानविरुद्ध बलिङ गर्दै

काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ । नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर भुटानलाई ब्याटिङको निम्तो दिएकी हुन् ।

नेपालको लागि आज रुबी पोदारले डेब्यु गरेकी छन् । सुदूरपश्चिमबाट खेल्दै आएकी रुबीले पहिलो पटक नेपाली टिममा स्थान बनाएकी हुन् । उनले नियमित विकेटकिपर काजोल श्रेष्ठलाई प्रतिस्थापन गरेकी हुन् । यसै प्रतियोगिताको लागि पहिलो पटक टिममा परेका स्पिनर खुसी ढंगोल र पूजा महतोले भने यसअघि नै नेपालका लागि डेब्यु गरिसकेका छन् । आजको पहिलो रोजाइको टिममा तीनै नयाँ खेलाडी एकै साथ सेटमा देखिनेछन् ।

नेपालको प्लेइङ ११ ः

रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, अस्मिना कर्मचार्य, इन्दु बर्मा, बिन्दु रावल, पुजा महतो, सम्झना खड्का, रुबी पोदार, खुसी ढंगोल, कविता कुवँर र कविता जोशी