बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ बागमती प्रदेशको बागडोर नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काको हातमा पुगेको छ । आज भएको निर्वाचनमा उनी प्यानलैसहित विजयी भए ।

अध्यक्षसहित ४ पदाधिकारी र ८ सदस्यमा पारसको प्यानलले जित हासिल गरेको हो । पारसले २३ मत ल्याउँदा उनका प्रतिस्पर्धी उमेश पिया १४ मत ल्याएर पराजित भए । पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत ल्याएका छन् ।

उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका हुन् । उनीहरु तीनैजना पारसको प्यानलबाट उठेका थिए ।

सदस्यहरुमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्यालले पनि समान २३ मत ल्याएर विजयी भएका छन् । यस्तै अनुजमान श्रेष्ठ १६ मत ल्याएर सदस्य निर्वाचित भए ।

महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।